पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

<span class='c1'>पश्चिमी इन्डोनेसियामा ६.४</span> <span class='c2'>म्याग्निच्युडको भूकम्प</span>

इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिक निकायले जानकारी दिएको छ ।

जाकार्ताको स्थानीय समयानुसार सोमबार बिहान १०ः२९ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु कराउआन मेन्तावाई जिल्लाको ११६ किलोमिटर उत्तरमा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन् । यसअघि स्थानीय समयाअनुसार सोमबार विहान ५ ः३४ मा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यद्यपी ६.४ म्याग्निच्युडको भूकम्पलाई नै प्रमुख भूकम्पको रुपमा लिइएको छ । हालसम्म यस भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्