विराटनगर म्युजिक फेस्टिभलको लागि जैन भवन तयारी हुदै

<span class='c1'>विराटनगर म्युजिक फेस्टिभलको लागि</span> <span class='c2'>जैन भवन तयारी हुदै</span>

विराटनगर। आगामी कात्तिक २० गते शुक्रबार (नोभेम्बर ६) हुने बहुप्रतीक्षित ‘विराटनगर म्युजिक फेस्टिभल २०८३’ को तयारी तीव्र पारिएको छ।

आयोजकका अनुसार कार्यक्रम स्थल मेन रोडस्थित जैन भवन ग्राउन्डमा स्टेज निर्माण, साउन्ड तथा लाइट सेटअप र अन्य सम्पूर्ण प्राविधिक व्यवस्थापनका कामहरू धमाधम भइरहेका छन्। दर्शकलाई भव्य र अविस्मरणीय सांगीतिक अनुभव प्रदान गर्न आयोजक टोली अहोरात्र खटिरहेको छ।

चर्चित ब्यान्ड रकहेड्स र अल्बाट्रसको विराटनगरमा हुन गइरहेको यो ऐतिहासिक लाइभ कन्सर्टलाई लिएर स्थानीय संगीतप्रेमीहरूमाझ उत्साह छाएको छ। दिउँसो ३:०० बजेदेखि सुरु हुने उक्त कार्यक्रमका लागि टिकट खल्ती एप मार्फत बुक गर्न सकिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्