सीप र प्रविधि हस्तान्तरणमा सहयोग गर्न बेलायती राजदुतसँग आग्रह

<span class='c1'>सीप र प्रविधि हस्तान्तरणमा सहयोग</span> <span class='c2'>गर्न बेलायती राजदुतसँग आग्रह</span>

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको औधोगिक विकासमा सीप र प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्न बेलायती राजदुत निकोला पोलिटसँग आग्रह गरेको छ । राजदुत पोलिटको पहिलो प्रदेश १ भ्रमणका अवसरमा सोमबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा महासंघका प्रतिनिधिहरुले प्रदेशको आर्थिक विकासमा सहयोग गर्न आग्रह गरेका हुन् ।

भेटघाटमा महिला उद्यमीहरुले साना तथा लघु उद्यमलाई प्रोत्साहनमुलक कार्यक्रममार्फत सहयोग गर्न पनि राजदुत पोलिटसँग आग्रह गरेका छन् । महासंघका प्रदेश १ अध्यक्ष ढकालले प्रदेश १ का पहाडी क्षेत्रका औषधी उद्योगहरु स्थापनाको सम्भावना रहेकोले बेलायती लगानी भित्र्याउनका लागि सहज हुने बताउनुभयो ।
त्यसैगरी कोभिड–१९ र पेट्रोलियम पदार्थको चर्को मुल्यबृद्धिका कारण नेपाली निर्यातमुलक उद्योगहरु प्रभावित भएको दुताबासको टोली समक्ष जानकारी गराउनुभयो । प्रदेश १ मा औधोगिक प्रदर्शनी स्थलको निर्माण हुन सके घरेलु उद्योगीहरुले समेत आफ्ना उत्पादनलाई प्रवद्र्धन गर्ने अवसर प्राप्त गर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी महिला उद्यमीहरु सरु केसी, प्रतिभा रिजाल, कृती श्रेष्ठ लगायतले उद्योगहरुमा महिला सहभागीता अभिबृद्धिमा बेलायत सरकारले कार्यक्रमहरुले संचालन गर्नुपर्ने बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाष बोहराले प्रदेश १ मा जलविद्युत, कृषि उत्पादन र खनिज पदार्थमा ठुलो सम्भावना भएपनि प्रविधिको अभावमा प्रयोग गर्न नसकिएको बताउनु भयो । त्यसका लागि बेलायत सरकारले समेत सहयोग गर्नसक्नेतर्फ राजदुत पोलिटलाई आग्रह गर्नुभयो । औधोगिक प्रदर्शनी स्थल निर्माणमा समेत सहयोग गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रम बोल्दै राजदुत निकोला पोलिटले नेपालको औधोगिक विकासका लागि बेलायती सहयोगका कार्यक्रमहरु मार्फत सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले विराटनगरलाई आफुले पनि नेपालकै दोस्रो ठुलो सहर र आर्थिक तथा औधोगिक क्षेत्रका रुपमा चिनेको बताउनु भयो ।

आफुले प्रदेश १ को औधोगिक अवस्था बुझ्नका लागि आएको र सोमबार विहानमात्रै ट्राइकोट उद्योग, रघुपति जुटमिलमा स्थलगत जानकारीहरु लिएको जानकारी दिनुभयो । आजै रिलायन्स स्पिनिङमा पनि कुराहरु बुझ्ने र त्यसपछि इटहरीमा बेलायती सरकारकै कार्यक्रमहरु अन्तरगत दुध उत्पादनको क्षेत्रमा भइरहेका लगानीबारे जानकारी लिने र अन्तिममा इलाममा इलामको चियाको अवस्थाबारे त्यहाँ पुगेर जानकारीहरु संकलन गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समिति कार्यकारिणी सदस्य रविन दाहाल, श्रवण कुमार अग्रवाल उद्योल संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छा लगायत बेलायती दुतावास सम्वद्ध कर्मचारीहरुको उपस्थिति रहेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्