बालेनलाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतकाेआदेश

<span class='c1'>बालेनलाई सात दिनभित्र लिखित</span> <span class='c2'>जवाफ दिन सर्वोच्च अदालतकाेआदेश</span>

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश गरेको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले आज उक्त आदेश जारी गरेको हो । “निवेदकको मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र आफँै वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु ।”

नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका भनिएका संरचना हटाउने महानगरपालिकाको कदमविरुद्ध दायर गरिएको रिट निवेदनको विषयमा दिएको अभिव्यक्तिलाई लिएर साहविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर गरिएको थियो । अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध उक्त अवहेलनाको मुद्दा दायर गर्नुभएको थियो ।

नर्भिक अस्पताल पक्षबाट दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । रासस

फोटो: फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्