विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार

<span class='c1'>विश्वविख्यात फुटबल खेलाडी</span> <span class='c2'>पेलेको स्वास्थ्यमा सुधार</span>

अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पार्नुभएको छ ।

सामाजिक सञ्जालमा श्रीमती मार्सिया आओकीसँग मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उहाँले सबैलाई धन्यवाद भन्नुभएको छ । आफ्ना समर्थक एवम् प्रशंसकहरूका स्नेहपूर्ण सन्देशका निम्ति आभार व्यक्त गर्दै उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको र त्यसप्रति आफूले ध्यान दिएको उहाँले सञ्जालमा उल्लेख गर्नुभएको छ ।

विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई तीन पटक प्रथम स्थानमा पु¥याउन सफल गत वर्षदेखि अर्बुदरोगबाट पीडित हुनुहुन्छ । उहाँले शरीरबाट ट्युमर हटाएपछि साओ पाउलोको अस्पतालमा केमोथेरापि गराउनुभएको थियो । पिसाब नलीमा सङ्क्रमण देखिएपछि उहाँ दुई साताभन्दा बढी समय अस्पताल भर्ना हुनुभएको थियो ।

विश्वका उत्कृष्ट फुटबलर पेलेले आफ्नो जीवनको २१ वर्ष फुटबल खेलमा व्यतित गर्नुभएको थियो । एक हजार तीन सय ३६ वटा व्यावसायिक स्पर्धामा उहाँले एक हजार दुई सय ८१ गोल गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो । रासस/सिन्ह्वा

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्