सप्तरीबाट अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ

<span class='c1'>सप्तरीबाट अवैध सामानसहित तीन</span> <span class='c2'>भारतीय नागरिक पक्राउ</span>

सप्तरी । सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज रु तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा–२ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका–५ र शम्भुनाथ नगरपालिका–१२ बाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

भन्सार छली अवैधरूपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडा मोटरसाइकलमा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई फेला पारेको हो ।

पक्राउ परेका भारतीय नागरिकसहित अवैध सामान आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्