हास्य कलाकार ‘जिग्री’ ले केपी ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने

<span class='c1'>हास्य कलाकार ‘जिग्री’ ले केपी</span> <span class='c2'>ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने</span>

काठमाडौं । हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ झापा क्षेत्र नं ५ बाट चुनावमा उठ्ने भएका छन् ।

अगामी ४ मंसिरमा हुने निर्वाचनमा झापा क्षेत्र नं ५ अर्थात् एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने भएका हुन् । झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् । उनको उम्मेदवारीको बिषयमा बनेको ब्यानर अहिले सामाजिक सञ्जालमा जताततै चर्चा भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने बिषय अझै फाइनल हुन बाँकी रहेको कलाकार कुमार कट्टेलले बताए । ‘मैले उम्मेदवारी दिने सोच बनाएको हो ।

आफु उम्मेदवार बन्ने नबन्ने निर्णय भईसकेको छैन तर बन्न सक्ने सम्भावन धेरै भएको उनले जानकारी दिए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्