बालकलाई अप्राकृतिक मैथुन गराएको आरोपमा गैसस मोरङका अध्यक्ष पक्राउ

<span class='c1'>बालकलाई अप्राकृतिक मैथुन गराएको आरोपमा</span> <span class='c2'>गैसस मोरङका अध्यक्ष पक्राउ</span>

विराटनगर । बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा विराटनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्षसमेत रहेका विराटनगर १२ घर भएका ५० वर्षीय ढकालले सोही ठाउँका १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेकाे आरोपमा बुधबार साँझ पक्राउ परेका हुन् ।

ढकालले ती बालकलाई पटक–पटक अप्राकृतिक मैथुन गरेको पिडित बालकका परिवारको आरोप छ । केहि महिना अगाडी र भदौ १३ गते घरमा कोही नभएको मौका पारी ढकालले ती बालकलाई अप्राकृतिक मैथुन गरेको परिवारको आरोप छ ।

उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘उजुरी आएपछि नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धान पछि घटना बारे थप खुल्नेछ ।।’

प्रहरीले बिहीबार ढकाललाई मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेका छन् । ढकाल एजुकेशन हेल्पलाइनका अध्यक्ष हुन् ।
फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्