पेस्तोल देखाएर पैसा लुटेर भाग्दा भाग्दै एक पक्राउ

<span class='c1'>पेस्तोल देखाएर पैसा लुटेर</span> <span class='c2'>भाग्दा भाग्दै एक पक्राउ</span>

पोखरा- पोखरा नागढुंगा स्थित सभ्यता मनि ट्रान्फरबाट ६ लाख भन्दा बढी रुपैयाँ लुटेर भाग्दा भाग्दै एक युवा पक्राउ परेका छन्। विहान साढे ११ बजे तिर तीन जनाको समूहमा ग्राहकको भेषमा गएका उनीहरुले पेस्तोल देखाएर देखार पैसा लुटेका थिए।

पैसा लुटेर भाग्दै गर्दा उनीहरुको स्थानीयले प्रतिकार गरेका थिए। स्थानीयले एक जना लुटेरालाई समातेर प्रहरीलाई बुझाएका छन्। अन्य दुई जना भने फरार छ। धरान घर भइ पोखरा रामबजारमा बस्ने प्रशान्त थापालाई स्थानीयले समातेर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गजुरसीद्धी बज्राचार्यले बताए। उनको साथबाट प्रहरीले पेस्तोल बरामद भएको छ। फरार अन्य दुई जनाको खोजी भइरहेको बज्राचार्यले बताए।

उच्च सुरक्षा सतर्कताका साथ सार्क विदेशमन्त्री स्तरिय बैठक पोखरामा चलिरहेको अवस्थामा यस्तो घटना भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्