विराटनगर । प्रतिनिधिसभा उम्मेदवारका लागि मोरङको ६ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसका तीन नेताले पार्टीमा आवेदन दिएका छन् ।
मोरङ क्षेत्र -६ को उम्मेदवार सिफारिसका लागि डा. शेखर कोइराला, डा. डिला संग्रौला र रमेशजंग रायामाझीले पार्टीमा आवेदन दिएका हुन् ।
उक्त क्षेत्रमा संस्थापन इतरपक्षका नेता कोइरालालाई क्षेत्र परिवर्तन गर्न भनिदै आएको छ । कोइरालालाई संस्थापन पक्षले मोरङ २ बाट निर्वाचन लड्न सुझाएको छ। तर कोइराला आफ्नो पुरानो क्षेत्र छोड्ने मनस्थितिमा छैनन् । संस्थापन पक्षले कोइरालालाई चुनौति दिन केन्द्रीय सदस्य डा. संग्रौला र प्रदेश नं. १ का पार्टी उपसभापति तथा राष्ट्रिय सभाका सांसद रायामाझीलाई अघि सारेको छ ।
कांग्रेसका क्षेत्रीय सभापति देवराज तामाङले आकांक्षीहरूको आवेदन आउने क्रम जारी रहेको आवेदन आए पश्चत सिफारिस गरिने जानकारी दिए। उक्त क्षेत्र विराटनगर महानगर पालिका वडा नं. ४, ५, ६, ७, ९, ११ र १२ पर्छन भने बुढीगंगा गाउँपालिका र सुन्दरहरैचाको वडा नं. २, ३, ४, ५ र ६ पर्छन् । कोइराला मोरङ ६ मा २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग पराजित भएका थिए।
यो समाचार आजको न्यू सृष्टि दैनिकमा प्रकाशित छ ।