राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
केहीबेर अघि बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा वेबसाइट तथा एसएमएसमार्फत हेर्न सकिने छ ।
गत जेठ १५ देखि २५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख १० हजार ५० परीक्षार्थी सहभागी भएका थिए ।
शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो ।