विराटनगर । मोरङको जहदा गाउँपालिका–७ मा २ जना युवाले महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
बिहीबार राति १० बजे अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै युवाले करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
राति १० बजे घरबाट काम छ भन्दै बोलाएका युवाले घर नजिकै खेतमा लगेर सामूहिक बलात्कार गरेको पीडितले बताएपछि युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिएका छन् ।
प्रहरीले जहदा–७ का २४ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुमाथि करणी सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरेर विस्तृत अनुसन्धान सुरु गरिएको छ ।