वर्षाले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

<span class='c1'>वर्षाले खोटाङका सबै</span> <span class='c2'>ग्रामीण सडक अवरुद्ध</span>

केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएका ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य छन् ।

हिउँदमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि अहिले दिक्तेल–काठमाडौँ, दिक्तेल–इटहरी–विराटनगर र दिक्तेल–भोजपुर सडक मात्र सञ्चालनमा रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए । “कच्ची सडक भारी वर्षाका कारण अवरुद्ध छन्”, उनले भने, “बाह्रैमास सञ्चालनमा ल्याउन कोलोपत्र गर्न जरुरी छ ।”

अवरुद्ध ग्रामीण सडक दशैँअघि सञ्चालन हुने अवस्था छैन । सगरमाथा राजमार्गअन्तर्गत तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डसमेत अवरुद्ध छ । यसबाट आवतजावत र दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ । कालोपत्र गरिएको दिक्तेल–गाईघाट सडकसमेत लगातारको वर्षाका कारण अवरुद्ध हुँदै आएको छ । लगातारको वर्षाले सडक खुलाउने प्रयास सम्भव नभएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राईले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्