विराटनगर । विराटनगर ११ स्थित सरोचिया रोडमा ग्यास लिक भई भान्सा कोठामा आगलागी भएको छ ।
विराटनगर ११ का विरेन्द्र यादवको घरको भान्सा कोठामा शुक्रबार दिउसो ग्यास लिक भई आगलागी भएको थियो । टिनको छाना र बाँसको घेराभरा भएको भान्सा कोठामा अगलागी हुदाँ ८० हजार बढीको क्षति भएको वडा प्रहरी कार्यालय विराटनगर ( क )ले जानकारी दिएको छ । घरमा रहेको सुविधा ग्यास लिक भई आगालागी भएको केही समयमा विराटनगर महानगरपालीकाबाट आएको दमकलले आगलागी नियन्त्रणमा लिएको थियो ।