हामी सबैकाे एउटै पार्टी

<span class='c1'>हामी सबैकाे</span> <span class='c2'>एउटै पार्टी</span>

-रिकेश निराैला
त कुन पार्टि म कुन पार्टी भन्दै आपसमा नलढन हे दाजुभाई हाे,
तेराे पार्टी फरक,मेराे पार्टी फरक भन्दै नजुधन हे दिदी बैनै हाे,
आखीर हामी सबैकाे पार्टी एउटै,राष्ट्र एउटै नेपालै त हाे।

कसले मर्दा के नै लान्छ र,विभेद किन गर्नु हाे,
जति दिन बाचिन्छ मिलिजुली,हाँसी-खुसी बाच्ने हाे
आखीर हामी सबै मानिस पृथ्वीकाे पाहुनै त हाै।

पार्टीकाे झन्डा ओढ्दैमा कसले मुक्ति पाउँछ र?
मुक्ति पाउन सबै सँग सदभावकाे भावना राख्नु पर्छ
कसले कसलाई कहाँ छाेढी जान्छ कसलाई थाहाँ हुन्छ र?
जिन्दगिकाे यात्रामा काे कहाँ छुट्छ,कसलाई थाहाँ हुन्छ र
अनि किन पार्टीगत दाेन्द्ध-विभेद गर्दै आपसैमा लढ्ने हे मुर्ख जनता हाे,
आखिर मरेपछि सबैले माटाे ओढ्ने माटै बिच्छाउनेत हाे।

कुन पार्टी ठुलाे,कुन पार्टी सानाे यहाँ कसलाई थाहाँ छ
अनि दाजुभाई-दिदी बहिनी द्वन्द गर्दै किन बस्ने त?
आखीर हामी एकदीन सबैलाई,सधैलाई छाेढी जाने हाे।

आफू नेता बन्ने सुरमा भाइ-भाइ बिच लढाइ लाउनु किन त,
सबै जाने बाटाे फरक हाेला,अन्तिम गन्तव्य त एउटै हाे
पार्टि बेग्ला बेग्लै हाेला तर काट्दा बग्ने रगत रातै हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्