युवा उद्यमी कार्कीको नाम सुनसरी ३ (क) बाट सिफारिस

<span class='c1'>युवा उद्यमी कार्कीको नाम सुनसरी</span> <span class='c2'>३ (क) बाट सिफारिस</span>

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ढिलै भए पनि जनभावनाको कदर गर्दै गाउँ, सहर र बस्तिबाट युवा नेताहरुलाई अगाडि सार्ने रणनीति लिएको छ ।

आसन्न मंसिर ४ को संघीय तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीको क्षेत्र नं. ३ (क) बाट सञ्चार उद्यमी, सामा जिक अभियन्ता विष्णु (समिर) कार्कीको नाम सिफारिस भएको छ । त्यसो त सिनेमाको अध्ययन गरेर हिरो बन्ने सोख पालेका कार्की सानै उमेरदेखि सामाजिक अभियान अन्तर्गत युवा लक्षित एरिना टेलिभिजनमार्फत सञ्चार क्षेत्रमा हाम फालेको हुन् ।

उनले त्यसबेला कान्छो युवा सञ्चार उद्यमीको नामले परिचित पनि भईसकेका छन् । युवाहरुको नेतृत्व विकास, प्रतिभा प्रस्फुटनमा समेत उत्तिकै योगदान दिँदै आएका कार्की राजधानी सरोकार समाजका सहसंयोजक भएर इटहरीमा प्रदेशको राजधानी बनाउने अभियानमा पनि जुटेका हुन् ।

कार्कीले शिक्षा क्षेत्रको बेहत्तर विकासमा उत्तिकै चनाखो हुँदै सञ्चारकै क्षेत्रबाट विभिन्न गतिविधि गर्दै आएका छन् । प्रतिभा बाकेका तर प्लेटफर्म नपाएका विभिन्न विद्यालयका नानीहरुको प्रतिभा जनमानसमा ल्याउन टेलिभिजनको स्टेज उपलब्ध गराउनेदेखि रियालिटी शोमार्फत उनीहरुको प्रतिभा प्रस्फुटनमा योगदान पु¥याएका हुन् । खेलकुदको क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिँदै इटहरी खेलकुद फाउण्डेशनको माध्यमबाट योगदान दिँदै आएका हुन् । रात्रिकालिन क्रिकेट र फुटबल प्रतियोगिताको आयोजना गरेर सुनसरीमा छुट्टै पहिचान कायम गरेका व्यक्तित्व हुन् ।

सो सिफारिसमा लिलम बस्नेत र रोहित बहादुर कार्कीलाई समेत सिफारिस गरिएको संयोजक उमेश पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्