दाङ । टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका नवीन केसी शनिबार राति करिब नौ बजे भीरबाट खसेका थिए ।
प्रहरीका अनुसार मृतक केसी तुलसीपुर-७ का बासिन्दा हुन् । घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
उनलाई केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए ।