सत्कार होटल एण्ड टुरिजम स्कुलका नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम

<span class='c1'>सत्कार होटल एण्ड टुरिजम स्कुलका</span> <span class='c2'>नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम</span>

विराटनगर । विराटनगर १० संसारी माई स्थानमा रहेको सत्कार होटल एण्ड टुरिजम स्कुलमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

स्कुलले यसै बर्ष भर्ना भएका आफ्ना ५० जना विद्यार्थीहरुलाई एक कार्याक्रमको आयोजना गरी स्वागत तथा अभिमुखिकरण कार्याक्रम गरिएको हो ।
भर्ना भएका विद्यार्थीहरुलाई सत्कार होटल एण्ड टुरिजम स्कुल (नेशनल एकेडेमी आर वी वी) का प्रिन्सीपल सकलदेव साहले विद्यार्थीहरुलाई खदा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई सामाजिक युवा अभियान्त बसन्त अधिकारीले मोटिभेषनल स्पिच दिएका थिए । साथै कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम अन्तर्गत नृत्य , गायन समेत प्रस्तुति दिएका थिए । कार्यक्रममा विद्यार्थी तथा अतिथीहरुलाई स्कुलका प्रोगाम कोअडिनेटर सुलभ पौडेल स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा साउथ एसियन स्कुल अफ टुरिजम होटेल मेनेजमेन्ट तथा रत्ना होटलका संचालक रेवत बहादुर थापा, साउथ एसियन स्कुल अफ टुरिजम होटेल मेनेजमेन्ट विराटनगरका प्रवन्धक निर्देशक रोशन बहादुर थापा, स्कुलका प्रिन्सीपल देवराज श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको स्कुललका अध्यक्ष विवेक आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्