विराटनगर । झापाको मेचीनगर नगरपालिका-१५ स्थितबाट स्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान ११ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा राजबंशीको घर कोठा खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय नेपाली रुपैँया र डिजिटल मिनि तराजु २ थान बरामद गरेको हो ।
स्रोत नखुलेको रकम र समान बरामद भए संगै राजबंशी र संकित अवस्थामा सोही घरमा रहेका स्थानीय ४३ बर्षीय मोहमद मोसाद आलम समेतलाई पक्राउ गरेको थियो।
घटना बारेमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।