वसन्तपुरमा तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु

<span class='c1'>वसन्तपुरमा तीनतले चीर ठड्याइएसँगै</span> <span class='c2'>होली पर्व सुरु</span>

काठमाडौं, ३ चैत ।

काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बुधबार बिहान तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु भएको हो । पञ्चाङ्ग निर्णायक समितिले निकालेको ७ बजेर ४७ मिनेटको शुभसाइतमा धालासिक्व मानन्धर सनाः गु खल गुठीका मानन्धरहरुले चीर ठड्याएका हुन् । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएको बाँसको तीनतले चीर ठड्याएपछि मुलुकभर होलीको माहोल सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म आठ दिन होली पर्व मनाउने  गरिन्छ । भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्युको विजयउत्सवका रुपमा अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिकग्रन्थमा उल्लेख छ । फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतीक चीर टुंडिखेलमा लगेर जलाएपछि होली पर्व सकिने मान्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्