डेङ्गु परीक्षणमा एकरूपता कायम गरिने

<span class='c1'>डेङ्गु परीक्षणमा एकरूपता</span> <span class='c2'>कायम गरिने</span>

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षणको शुल्कमा एकरूपता कायम गर्ने भएको छ ।

सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम चार सयदेखि तीन हजार चार सय रुपियाँसम्म लिने गरेका थिए। डेङ्गु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन्। यसरी निःशुल्क दिएको किटमा समेत सरकार मातहतका निकायले महँगो शुल्क लिने गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच मङ्गलबार भएको बैठकमा एकरूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको छैन। निजी क्षेत्रका अस्पताल र सरोकारवालाको समेत सुझावका आधारमा एक साताभित्रै सहमति गरिनेछ। डेङ्गु परीक्षणमा अस्पताल र प्रयोगशाला पिच्छे फरक–फरक शुल्क लिने गरेको भन्दै उक्त शुल्कमा कोभिड–१९ परीक्षणजस्तै एकरूपता गर्ने विषयमा छलफल भएको हो। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले डेङ्गु परीक्षण शुल्कमा एकरूपता गरिने जानकारी दिए। केही दिनभित्रै डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने गरी सम्बन्धित निकायलाई सुझाव ल्याउन निर्देशन दिएको उनले बताए।

बैठकमा डेङ्गुको परीक्षण शुल्क, डेङ्गु नियन्त्रणका लागि भइरहेका प्रयास, काठमाडौँ महानगर तथा अन्य पालिकाले गरिरहेका कामलगायतका विषयमा छलफल भएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विभिन्न अस्पताल तथा प्रयोगशालाले मनपरी शुल्क लिने गरेको पाइएकाले तीन दिनदेखि एक साताभित्रमा डेङ्गुको शुल्क निर्धारण गरिने जानकारी दिए। बैठकले शुल्क निर्धारण गर्न नसकेको जानकारी दिँदै उनले सम्बन्धित निकायको सुझावको आधारमा तीन दिनदेखि एक साताभित्र डेङ्गु परीक्षण शुल्कमा एकरूपता गरिने बताए। यो समाचार आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्