सुनसरी र ईलाममा सवारी दुर्घटना २ जनाको मृत्यु

<span class='c1'>सुनसरी र ईलाममा सवारी</span> <span class='c2'>दुर्घटना २ जनाको मृत्यु</span>

विराटनगर । सुनसरी र ईलामको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

शनिवार दिउँसो सुनसरीको दुहबी नगरपालिका-३ मा को १ च ७१८६ नम्बरको पिकअप र प्रदेश १-०४-००१ प ८१३८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक धनपालथान गाउँपालिका-२ का २० बर्षीय धिरज मण्डलको उपचारको क्रममा बिराट नर्सिंङ होम बराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

यसैगरी शनिवार अपरान्ह ईलामको रोङ गाउँपालिका-४ मा, मे ४ प ८३५५ नम्बरको मोटरसाईकलले मे १ क ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रीत भई ट्रकको चक्कामा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सुर्योदय नगरपालिका-४ का ३९ बर्षीय रत्न कुमार थापा मगरको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

घटना सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्