‘सिलिङ’ भत्केर झर्दा विराटनगर–११ मा डेरा बसेका दुई विद्यार्थी घाईते

<span class='c1'>‘सिलिङ’ भत्केर झर्दा विराटनगर–११ मा</span> <span class='c2'>डेरा बसेका दुई विद्यार्थी घाईते</span>

विराटनगर । विराटनगर–११ जेनियल होटल नजिक घरको सिलिङ भत्केर झर्दा भाडामा बसेका दुई विद्यार्थी घाईते भएका छन् । अमेरिका बस्दै आएका जितेन्द्रकुमार भगतको घरको कोठामा बसेका विद्यार्थीलाई सिलिङ भत्केर लाग्दा सुतिरहेकी अवस्थामा घाईते भएका हुन् ।

घटना भदौ २२ गते बुधबार बिहान ३ बजे घटेको थियो । सुतिरहेका विद्यार्थीमध्ये स्नातक अध्ययनरत कोशी गाउँपालिका–३ सुनसरीका दिपेन्द्रकुमार यादव र कक्षा ११ मा अध्ययनरत अजय यादव घाईते भएका हुन् । उनीहरु दुवैजनाको गोल्डेन अस्पताल विराटनगरमा उपचारपछि शुक्रबार डिस्चार्ज भएका छन् ।

भगत अमेरिका भएका कारण घरको रेखदेख राजकुमार साहले गर्दै आएका थिए । छवटा कोठा भएको घर विद्यार्थीहरुले भाडामा लिएर बसेका छन् । त्यहि घरमा बस्दै आएका लक्ष्मी रायका अनुसार बिहान अचानक पंखा आसपासको सिलिङ झरेर सुतिरहेका उनीहरुमाथि खस्दा घाँटी, टाउको, गाला, दाँत, हात र खुट्टामा चोट लागेको छ ।

उपचारपछि उनीहरु शुक्रबार कोठामा फर्केका छन् । उपचारका क्रममा उनीहरुको ३६ हजार रुपैँया खर्च भएको रायले जानकारी दिए । तर, घरधनी नभएका कारण उनीहरुले आफ्नो गुनासो भने राख्न पाएनन् । निर्माणको समयमा कच्चा काम गरिएका कारण पक्का घर भएपनि सिलिङ भत्केको थियो । पंखा राखिएको आसपासको सिलिङ झर्दा भित्रको रड निस्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्