थप एक सय ५२ मा कोरोना सङ्क्रमण पुष्टि

<span class='c1'>थप एक सय ५२</span> <span class='c2'>मा कोरोना सङ्क्रमण पुष्टि</span>

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय ५२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दुई जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार दुई सय ९४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार एक सय ८६ जनाले पिसिआर र दुई हजार एक सय आठको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा एक सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार ८२ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ४८ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १२ पुगेको छ । होम आइसोलेशनमा दुई हजार तीन सय ५९, संस्थागत आइसोलेसन ८९, आइसियू १८ र भेन्टिलेटरमा दुई जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, दाङ, जाजरकोट, हुम्ला, डोल्पा, मुग, जुम्ला, बझाङ र दार्चुला रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ४१, ललितपुर चार सय २१ र भक्तपुरमा ३२ सक्रिय सङक्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्