ओखलढुङ्गामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

<span class='c1'>ओखलढुङ्गामा ट्रकको ठक्करबाट</span> <span class='c2'>एक युवकको मृत्यु</span>

ओखलढुङ्गा ।ओखलढुङ्गाको रमाइलो डाँडामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । आज ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका–८ माँझखर्कका २६ वर्षीय फुरी शेर्पाको ज्यान गएको हो ।

जिल्लाको सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडामा मिलनचोकबाट आएर साइड लगाउने क्रममा ना२ख ८७७९ नम्बरको ट्रकले बिहीबार ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल ओखलढुङ्गा सामुदायिक अस्पताल लगिएको थियो । जिल्लामा उपचार सम्भव नहुने भएपछि अस्पतालले काठमाडौँ पठाएको थियो ।

उपचारका लागि काठमाडौँ लैजाने क्रममा उनको मृत्यु भएको रे शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले ट्रक चालक सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका राजकुमार श्रेष्ठ र ट्रक नियन्त्रणमा लिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्