बेलबारी नगरप्रमुख राईद्धारा विद्यालय प्रयोगशालाका लागि ६ कोठे भवनको शिलान्यास

<span class='c1'>बेलबारी नगरप्रमुख राईद्धारा विद्यालय प्रयोगशालाका</span> <span class='c2'>लागि ६ कोठे भवनको शिलान्यास</span>

विराटनगर । मोरङको बेलबारी ९ स्थित जनता माध्यमिक विद्यालय बाहुनीले नमुना विकास कार्यक्रम अन्तर्गत नवनिर्मित भवनको शिलान्यास बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले गरेका छन् ।

शनिबार एक कार्यक्रमबीच विद्यालय प्रागणसगै रहेको जग्गामा बैद्धिक विधि अनुसार पुजापाठ गर्दै नगर प्रमुखराईले भवनको शिलान्यास गरेका हुन् । ३ कठ्ठा ७ धुर जग्गामा निर्माण हुने नवनिर्मित दुई तल्ला भवनमा ६ वटा अत्याधुनिक कोठाहरु निर्माण गरिने विद्यालयका प्रमुख टेक नारायण साहले बताए । ६५ लाख ५६ हजार रुपैयाँ लागतमा निर्माण हुने भवन विस २०८० पुस मसान्त सम्ममा सम्पन्न हुने साहले जानकारी दिए ।

निर्माण हुनगई रहेको भवनमा पुस्तकालय,कम्प्युटर तथा विज्ञान प्राविधिक प्रयोगशाला अत्याधुनिक कक्षहरु संचालन गर्न सकिने व्यवस्था गरिएको नगर प्रमुख राईले शिलान्यास कार्यक्रममा बताए ।

शिलान्यास कार्यक्रममा वडा नं.९ का अध्यक्ष सालिग्राम बस्नेत विद्यालय व्यवस्थापनका अध्यक्ष,शिक्षक,स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्