विराटनगर । निफ्रा बैंकका सिइओसहितको टाेली र महानगरका मेयर नागेश कोइराला बीच छ्लफल भएको छ ।
विराटनगरको विकासका विषयमा निफ्रा बैंकका सिइओसहितको टाेली र विराटनगर महानगरका मेयर नागेश कोइरालाबीच आइतबार छ्लफल भएको हो ।
छलफलमा निफ्राले नयाँ बसपार्क निर्माण, टाउन प्यानिङ र विराट राजाको दरबारलाई लुम्बिनी मोर्डलमा विकास गर्नका लागि लगानी गर्न तयार रहेको निफ्राका सिइओ रामकृष्ण खतिवडाले बताए ।
महानगरका मेयर कोइरालाले बसपार्कका लागि जग्गाको उपलब्धतासहित सबै किसिमको समन्वय र सहयोग गर्ने बताए । उनले महानगरको आन्तरिक स्रोतले मात्रै विराटनगरको विकास असम्भव रहेकाले आफूले स्वदेशी र विदेशी विकास साझेदार संस्थाबाट बढीभन्दा बढी लगानी भित्र्याउन पहल गरिरहेको जानकारी दिए ।