नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन विराटनगरको अध्यक्षमा पुनः कञ्चन न्यौपाने विजयी

<span class='c1'>नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन विराटनगरको</span> <span class='c2'>अध्यक्षमा पुनः कञ्चन न्यौपाने विजयी</span>

विराटनगर । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाइ विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः अध्यक्षमा निर्वाचति भएका छन् ।

विराटनगरमा सम्पन्न भएको निर्वाचनमा न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा नारायणबहादुर खत्री, सचिवमा तोयानाथ काफ्ले, स-सचिवमा आशीराम राजवंशी, कोषाध्यक्षमा हृदयकुमार राजवंशी र सहकोषाध्यक्षमा हरेराम यादव निर्वाचित भएका हुन् ।

त्यसैगरी, तारा भण्डारी, आशनारायण चौधरी, सन्तोषकुमार पुर्वे, पुष्पराज थापा (आलोक), सद्दाम सोफी, देवीका भट्टराई चौहान र निरज यादव सदस्यमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक लोकेन्द्र ढकालले जानकारी दिए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्