हिमालय दर्शन कलेजका विद्यार्थीले बनाएको वेबसाइट निःशुल्क सरकारी विद्यालयलाई

<span class='c1'>हिमालय दर्शन कलेजका विद्यार्थीले बनाएको</span> <span class='c2'>वेबसाइट निःशुल्क सरकारी विद्यालयलाई</span>

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका चार वटा सामुदायिक विद्यालयको वेबसाइट हस्तान्तरण गरेका छन् ।


प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी चार वटा सामुदायिक विद्यालयको वेबसाइट सोमबार एक कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानध्यापकहरूलाई निःशुल्क हस्तान्तरण गरेका हुन् ।
हिमालय दर्शन कलेजको बिआइएम सातौँ सेमेस्टरमा अध्ययनरत छात्रा प्रशंसा लुइँटेल, बीसिए पाँचौँ सेमेस्टरमा अध्ययनरत सिवानी साह, बीसिए सातौँ सेमेस्टरमा अध्ययनरत भबिस भट्टराई र बीएससी सिएसआइटी आठौँ सेमेस्टरमा अध्ययनरत रामाशिष कामतले सामुदायिक विद्यालयहरूको वेबसाइट निमार्ण गरेका हुन् । लुइँटेलले विराटनगरस्थित श्री सरस्वती मावि, साहले जनपथ स्कुल, भट्टराईले श्री मिल्स मावि र कामतले सरस्वती नमुना स्कुलको वेबसाइट निमार्ण गरेका थिए ।
् पढाइमा सिकेको ज्ञान उनीहरूले व्यवहारमा उतार्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयको निःशुल्क रूपमा वेबसाइट निमार्ण गरी हस्तान्तरण गरेको कलेजका प्रिन्सीपल प्रमुख भरत सापकोटाले जानकारी दिनुभयो ।


पहिलो चरणमा चार वटा सामुदायिक विद्यालयहरूको वेबसाइट निमार्ण गरी हस्तान्तरण गरेको र आगामी दिनमा मोरङमा मात्र नभएर अन्यत्र जिल्लाका सामुदायिक विद्यालयहरूको पनि वेबसाइट निमार्ण गर्ने तयारी गरेको सापकोटाले बताउनुभयो ।
कलेजमा अध्ययनरत विद्यार्थीले १५ वटा सामुदायिक विद्यालयको निःशुल्क वेबसाइट निमार्ण गरी हस्तान्तरण गर्ने तयारी गरिएको कलेजले जनाएको छ ।
कार्यक्रममा बोल्दै हिमालय दर्शन कलेजका निर्देशक भेषराज पोखरेलले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले हिमालय दर्शन कलेजले दक्ष जनशक्तिहरू उत्पादन गर्न सुरु गरेको बताउनुभयो ।

कलेजमा अध्ययन गर्दै आएका विद्यार्थीले सिकेको ज्ञान व्यवहारमा उतार्दै सामुदायिक विद्यालयको निःशुल्क रूपमा वेबसाइट निमार्ण गरी हस्तान्तरण गरेको बताउनुभयो । दक्ष प्राविधिक जनशक्तिहरू उत्पादन स्थानीय स्थरमा हुन थालेपछि काठमाण्डौं जानुपर्ने बाध्यताको पनि अन्त्य भएको पोखरेलको भनाई थियो । कार्यक्रममा बोल्दै जनपथ स्कुलका प्रधानाध्यापक हरि प्रसाद पराजुलीले सामुदायिक विद्यालयको गतिविधिको सम्पूर्ण जानकारी दिन बनाएको वेबसाइट निक्कै प्रभावकारी रहेको बताउनु भयो ।


सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको सुधार गर्नको लागी राज्यले प्रविधिमा पनि लगानी गरिनुपर्ने बताउनुभयो । निजी क्षेत्रबाट विद्यालयको हरेक गतिविधि देखाउन निर्माण भएको वेबसाइट प्रदान गर्ने विद्यार्थी तथा कलेज प्रति पराजुलीले आभार प्रकट गर्नुभयो ।
कलेजका एकाडेमी प्रमुख कुसल निरौला र कलेजका प्रध्यापक कमल साहले प्राविधिक सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्