विराटनगरमा माघ १९ गतेदेखी अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुदै

<span class='c1'>विराटनगरमा माघ १९ गतेदेखी अन्तराष्ट्रिय</span> <span class='c2'>कृषि तथा औद्योगिक प्रदर्शनी हुदै</span>

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश नं १ को आयोजनामा आगामी माघ १९ गतेबाट प्रदेश राजधानी विराटनगरमा ‘अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी (सिएनआई एक्स्पो २०२३ )’ आयोजना हुने भएको छ ।


नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै ‘अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी सिएनआई एक्स्पो २०२३ ’ हुने जनाएको हो । आगामी माघ १ ९ गते देखि विराटनगर महानगरपालीका वार्ड नं २ स्थित शंकरपुरमार्गमा २८ गेत सम्म संचालन हुने भएको छ ।
अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनीमा प्रदेश नम्बर १ सहित मुलुकका विभिन्न स्थान तथा विदेशमा उत्पादन हुने कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि औद्योगिक मेशिनरीहरुको प्रदर्शनी , बिक्री समेत उक्त प्रदर्शनिमा हुने जनाइएको छ ।
कृषि उत्पादनका बस्तु सेवाको प्रबर्धन गर्ने पर्यटन विकाश र स्थानिय उत्पादनलाई बजार ब्यबस्थापनका लागी समेत एउटा महत्वपूर्ण अवसरको रुपमा यो प्रदर्शनी रहने सिएनआई एक्स्पो २०२३ का संयोजक राजेन्द्र राठीले बताउनुभयो ।
प्रर्दशनीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय नया लगानीकर्ताहरु समेत आकर्षित हुने विश्वास रहेको बृहत रुपमा कृषि , उपभोग्य वस्तु , मिलमेशिनरी औजार , अटो र सेवा क्षेत्रकोसंग सम्बन्धीत उद्योगीहरु र शिक्षा स्वास्थ्य क्षेत्र आर्थिक क्षेत्रका लगानीकर्ताहरु सहित सेवा प्रदायक र नागरिकको बृहत सहभागिता रहने यस प्रदर्शनिबाट करोडौको कारोवार समेत हुने हुँदा यो प्रदर्शनि आर्थिक बिकासका लागी महत्वपुर्ण अवसर हुने नेपाल उद्योग परिसंघ प्रदेश नं.१ का अध्यक्ष भीम घिमिरेले बताउनुभयो ।


प्रदर्शनीमा स्वदेशी तथा विदेशी मुलुकहरु भारत , चिन , बंगलादेश , पाकिस्तान लगायत अन्य मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना रहेको सिएन आई एक्सपो २०२३ की सह संयोजक गिरिजा साराडाले जानकारी दिनुभयो ।
साथै प्रदर्शनीलाई आकर्षण बनाउनु विविध मनोरन्जन र सांस्कृतीक कार्यक्रमहरु तथा फनपार्क समेत समावेश गरिने भएको छ । सिआई एन एक्स्पो २०२३ को प्रदर्शनी स्थलमा आधुनिक ४ वटा डोम रहने र त्यसमा ३५० स्टलहरु राखिने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्