सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिकाले निर्वाचित जनप्रतिनिधि पदबहाली भएको सय दिन पुगेकाे अबसरमा पत्रकार सम्मेलन गरि भए गरेका कामकाे उपलब्धि सार्वजनिक गरेको छ ।
नगरपालिकाको धनपालगढी सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख दिलप्रसाद राईले १ सय दिनमा गरेको करिब ५० वटा कामको प्रेसनाेट प्रस्तुत गरेका छन् । बेलबारी नगरपालिकाका नगर प्रमुख राईले स्वास्थ्य,शिक्षा,बिकास निर्माण,भु उपयोग, बृक्षाराेपण , मातृशिशु कार्यक्रम,खोला तथा नदीजन्य सामाग्री लगायत बिबिध महत्वपूर्ण कामहरू गर्न आफुहरू सफल भएको उल्लेख गरे ।
कार्यक्रममा नगर उपप्रमुख नितु थापा काेइराला ,प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की,बिभिन्न वडाका वडाध्यक्ष लगायतको समेत उपस्थिति रहेको थियो ।
पछिल्ला दिनमा स्थानीय सरकारले पदभार सम्हाले पछिको सय दिनलाई विशेष महत्व दिएर काम सार्वजनिक गर्ने गरेका छन् ।