विराटनगरको रोडशेषबाट न्यूनतम मुल्याङकन गरी आयात गरिएका सामग्री बरामद

<span class='c1'>विराटनगरको रोडशेषबाट न्यूनतम मुल्याङकन गरी</span> <span class='c2'>आयात गरिएका सामग्री बरामद</span>

विराटनगर । विराटनगर महानगरपालिका-१२ रोडशेष चौक स्थितबाट प्रहरीले न्यूनतम मुल्याङकन गरी आयात गरिएका बिभिन्न सामग्रीहरु बरामद गरेको छ ।

बुधबार अपरान्ह जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बी आर ३८ ई ७४२५ नम्वरको ट्रयाक्टरलाई रोकी चेक जाँच गर्ने क्रममा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायतका सामग्रीहरु न्यूनतम मुल्याङकन गरी आयात गरिएको अवस्थामा बरामद गरेको हो ।

बरामद गरिएको करिव २१ लाख मुल्य बरावरको सामग्री र ट्रयाक्टर सहित चालक भारत जोगवनीका रोशन यादवलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्