विद्यालय नाटक महोत्सवको शुक्रबार अन्तिम दिन, प्रेमको प्रतिक भगवान कृष्ण मञ्चन हुँदै

<span class='c1'>विद्यालय नाटक महोत्सवको शुक्रबार अन्तिम दिन,</span> <span class='c2'>प्रेमको प्रतिक भगवान कृष्ण मञ्चन हुँदै</span>

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको नवौँ दिन बिहिबार खुट्टीमा झुण्डिएको कोट मञ्चन भएको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको कान्तिपुर माध्यमिक विद्यालयले विद्यार्थी विवेक कुमार यादवद्धारा लिखित तथा शिक्षक रोशन राजवंशीद्धारा निर्देशित नाटक मञ्चन गरेको हो । नाटकले मित्रताको कथा मार्फत दाइजो प्रथा विरुद्धमा बोलेको थियो । नाटकमा लेखक यादवसँगै सुवास साह, पवन महात्तो, सरोज मेहता, सविना खातुन, इशु साह, खुशी राजवंशी, कमल मुर्मु लगायत १२ विद्यार्थीले अभिनय गरेका थिए ।

भदौ २२ गतेदेखि शुरु भएको महोत्सवमा आज अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । अपराह्न ५ बजे उक्त नाटक मञ्चनसँगै महोत्सव विधिवत रुपमा समापन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । यसअघि आयोजकको उद्घाटन नाटक साँढेसँगै, विभिन्न विद्यालयका उद्धारकर्ता विवेक, अँधेरी नगरी, प्रत्यागमन, चोर, भविष्य निर्माण, कोही किन बर्बाद होस् र सुसंस्कृतम् सहित ९ नाटक मञ्चन भइसकेका छन् ।

महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालय मध्येबाट ९ विद्यालय छनौट गरी सहजिकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो । विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् ।

महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्