गहना चोरेर बिक्री र खरिद गर्ने तीनजना पक्राउ

<span class='c1'>गहना चोरेर बिक्री र</span> <span class='c2'>खरिद गर्ने तीनजना पक्राउ</span>

इटहरी । सुनसरी इटहरी–८ स्थित प्रविशा कार्कीको घरबाट गत जेठ ५ गते सुनको गहना चोरी गर्ने र चोरीको गहना खरिद गर्ने तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले सुन चोरी गरेको आरोपमा भदौ ३१ गते दमक–२ का अरुण रानामगर र बृखमान राईलाई इटहरीबाट पक्राउ गरेको थियो । इटहरी उनलाई पक्राउ गरेपछि सुनचोरीको फेहरिस्त खुलेको हो ।

उनीहरु दुवैजना इटहरी–६ मा बस्दै आएका थिए । शंखास्पद रहेका उनीहरुलाई सोधपुछ गर्दा प्रविशा कार्किको घरमा सुनको गहना अरुण राना मगरले चोरी गरेर वृखमान राईलाई बिक्रि गरेको खुलेको थियो ।

राइले उक्त सुनको गहना जिल्ला झापा दमक–२ बस्ने भुपेन्द्र वि.क.लाई विक्रि गरेको खुलेपछि तीनैजना पक्राउ परेका हुन् । उनीहरुलाई सुनको गहना सहित पक्राउ गरी सुनसरी जिल्ला अदालत बाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा म्याद थप भई अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्