मोरङ सुन्दरहरैंचा निवासी दिपाले जितिन् स्ट्रेन्थलिफ्टिङमा स्वर्ण

<span class='c1'>मोरङ सुन्दरहरैंचा निवासी दिपाले</span> <span class='c2'>जितिन् स्ट्रेन्थलिफ्टिङमा स्वर्ण</span>

विराटनगर । मोरङ सुन्दरहरैंचा ११ निवासी दीपा विष्टले किर्गिस्तानमा सम्पन्न स्ट्रेन्थलिफ्टिङमा स्वर्ण पदक जित्न सफल भएकी छिन् । भदौ २० देखि २८ गतेसम्म आयोजित प्रतियोगितामा दीपाले सहभागी १४ देशका खेलाडीलाई पराजित गर्दै ७२ केजी माथिको तौलमा भारत र पाकिस्तानका खेलाडीले उछिन्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

गोल्डमेडल र सिल्भर मेडल समेत जितेकी थिइन् । उनले पावर लिफ्टिङको तालिम लिएक थिइन् । काठमाडौंको डिभाइन फिजिकल फिटनेस सेन्टरकी प्रशिक्षण समेत रहेकी दिपा असार १८ गते प्रदेश नम्बर १ बाट उत्कृष्ट भएकी थिइन् । काठमाडौको दशरथ रंगशालामा असार ३० गते सम्पन्न छनोट खेलमा ओभरअल नेसनल च्याम्पियसिपको उपाधि जिकेकी थिइन् । त्यसपछि उनी किर्गिस्तानका लागि छानिएकी थिइन् ।

खुट्टा पछाडिबाट तौल उठाउने (ह्याक लिफ्ट), छातिमाथि राखिने तौल (इन्कलाइन बेन्च प्रेस) र दुई हातले तौल तलमाथि गर्ने (टू ह्यान्ड कर्लिङ) विधातर्फ किर्गिस्तानमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डमेडल जितेको बताइन् । विगतमा रहेको ६५ केजी तौल उठाएको रेकर्ड तोड्दै ७० केजी उठाको दावी गरिन् ।

प्रशिक्षक कविर प्रधानाङ्गाका अनुसार यो खेल भारतको कलकत्ताबाट सन् २०१८ मा सुरु भएको हो । अहिले १४ भन्दा धेरै देशमा फैलिएको छ । क्यानडा भर्खरै जोडिएको छ । नेपालमा भने सन् २०२१ बाट औपचारिक रूपमा खेल्न सुरु गरिएको हो । सन् २०२१ म नेपालका २२ जना खेलाडी भारतको सिक्किममा भएको प्रतियोगिताम भाग लिन गएका थिए । १७ जनाले मेडल जितेर फर्केका थिए ।

विष्टलाई विराटनगरमा नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार सम्मान समेत गरेको थियो । नेपाललाई चिनाउने काम गरेकोले सम्मान गरिएको संघका प्रदेश १ का अध्यक्ष वसन्तराज अर्यालले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्