विराटनगर । विराटनगरका समाजसेवी तोरेन्द्रमान सिंह प्रधानको निधन भएको छ। विराटनगर महानगरपालिका १० निवासी प्रधानको सोमबार ९३ वर्षको उमेरमा उपचारका क्रममा न्युरो अस्पतालमा निधन भएको हो ।
उनी मुटु र श्वासप्रश्वासका बिरामी थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । उनी नेवारी संस्कृति र भूगोलका ज्ञाता हुन् ।
विराटनगरमा सामाजिक क्षेत्रमा क्रियाशिल प्रधान गणेशमान फाउन्डेसन प्रदेश १ का पूर्वअध्यक्ष झिँ पुचः विराटनगरका संस्थापक संयोजक, नेपाल क्षयरोग निवारणलगायत विभिन्न संस्थाको नेतृत्व सम्हालेका थिए । प्रधानको विराटनगरस्थित सिंघिया घाटमा मंगलबार १० बजे अन्त्येष्टि गरिने छ ।