इटहरी क्षेत्र नं ३ क बाट नेकपा एमालेबाट युवा व्यवसायी समिर कार्कीको नाम चर्चामा

<span class='c1'>इटहरी क्षेत्र नं ३ क बाट नेकपा</span> <span class='c2'>एमालेबाट युवा व्यवसायी समिर कार्कीको नाम चर्चामा</span>

आसन्न मंसिर ४ मा हुने प्रदेश निर्वाचनमा इटहरीका व्यवसायी समीर कार्कीको नाम चर्चामा छ। प्रदेश संसद्को लागि इटहरी क्षेत्र नं ३ क बाट उनको नाम नेकपा एमालेको सिफारिसमा परेको छ।  २०४६ सालमा भोजपुरमा जन्मेका कार्की मोरङको पथरी हुँदै इटहरीसम्म आईपुग्दा उनि सामजिक व्यक्ति, उद्यमी तथा मिडियामा लागेका युवा हुन् । २०६७ सालमा एरिना टेलिभिजन स्थापना गरे देखि कार्कीको यस क्षेत्रमा लोकप्रियता बन्दै गएको हो। रात्रिकालीन फूटबल, क्रिकेट देखि कोरोना कालमा अटो एम्बुलेन्स, राहत वितरण, एरिना उज्यालो देखि शिक्षा अभियान साथै आँखा शिविर लगायतका सामाजिक कार्यहरु उनले निरन्तर सञ्चालन गरिरहेका छन्।

उनी २० वर्ष देखि विभिन्न सामाजिक क्षेत्रमा आबद्ध भएर समाजलाई रूपान्तरण गर्न आफ्नो ठाउँबाट प्रयास गरिरहेका छन्। ' देशको नीतिनियम बनाउने नेतृत्वतहमा इच्छाशक्ति भएका , काम प्रति अनुभवी साथै समाजका समस्या बुझेका युवा जब सम्म नेतृत्वमा पुग्दैनन् तब सम्म परिवर्तन सुस्त हुने गर्छ ' कार्की बताउँछन्।

उनले भने 'समाजका कुरा साथै सामाजिक समस्या नै नबुझेका मानिस जब सम्म नितृत्वमा बस्छन् त्यस्ताले कुनै पनि कामलाई पूर्णता भने दिन सक्दैन'। स्थानीय तहको परिणाम हेर्दा पनि जनताले युवाहरुनै रुचाएको र युवा बाट नै विभिन्न किसिमका योजना परियोजनाहरू सहज रूपले आउने भएकाले नेतृत्वमा युवा नै पुग्नु पर्ने स्थानीयहरुको माग छ। उनी कुनै पद वा नेतृत्व तहमा न हुँदा पनि अनवरत रुपमा विभिन्न कामहरु गर्दै आएका छन्।

कार्की आफूले अवसर पाए कसैलाई पनि निरास नबनाउने र जितको सुनिश्चितता गर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्