विराटनगरस्थित कोसी अस्पतालका सफाई मजदुर आन्दोलित

<span class='c1'>विराटनगरस्थित कोसी अस्पतालका</span> <span class='c2'>सफाई मजदुर आन्दोलित</span>

विराटनगर । काम गरेको लामो समयसम्म पनि स्थायी नगरेको भन्दै कोसी अस्पतालमा कार्यररत सफाई मजदुर आन्दोलित भएका छन् । उनीहरूले अस्पतालमा काम गरेको १५ वर्ष बितिसक्दा पनि दैनिक ज्यालादारीमा राखेको भन्दै स्थायी गरिनुपर्ने मागसहित आन्दोलित भएका हुन् ।

मंगलबारदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले अस्पताल परिसर भित्र भेला भएर आन्दोलनको घोषण गरेका हुन् । कार्यरत सफाई मजदुर अशोक मरिकले २०६४ सालदेखि कोसी अस्पतालमा काम गरेपनि स्थायी नभएको गुनासो गरे ।

अस्पतालमा नयाँ मेसु आएपछि सफाई मजदु्रलाई हटाउन चलखेल भएकोले आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । कोशी अस्पतालमा २० जना सफाई मजदुर कार्यरत छन् । उनीहरुले अस्पताल तथा परिसर सफाई नगरे फोहोरमैला थुप्रिनसक्ने संभावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्