सुन्दरहरैँचा नगर प्याब्सनद्वारा शुभकामना आदानप्रदान

<span class='c1'>सुन्दरहरैँचा नगर प्याब्सनद्वारा</span> <span class='c2'>शुभकामना आदानप्रदान</span>

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित प्याब्सन सुन्दरहरैँचा नगर कमिटीकाे आयाेजनामा दशै,तिहार, छठकाे शुभकामना आदान प्रदान पुरस्कार वितरण एवम् बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य हेमन्त कार्की रहेका थिए ।

कार्यक्रममा नगर स्तरीय लाेक नृत्य प्रतियाेगितामा जुनियर तर्फ प्रथम बाल प्रतिभा , दाेस्रो इन्द्रपुर नमूना , तेस्रो सिद्वार्थ सेकेन्डरी तथा सिनियर तर्फ प्रथम सिद्वार्थ , दाेस्रो ब्राइट फ्यूचर तथा तेस्रो हुने टेन्टरफिट स्कुलका विद्यार्थीहरूलाई ट्रफि साथै प्रमाणपत्र वितरण गरिएको प्याब्सन नगर अध्यक्ष दिपेन्द्र राईले जानकारी दिए ।

उक्त कार्यक्रममा लाेक नृत्यमा नगर, जिल्ला , प्रदेश तथा नेपाल प्रथम हुने सिद्वार्थ सेकेन्डरी स्कुलका प्रिन्सिपल , प्रशिक्षक तथा कलाकार भाइबहिनीहरूलाई सम्मान गरिएको थियाे । उक्त कार्यक्रममा प्याब्सन जिल्ला सह सचिव मनाेज रेग्मी , प्रदेश १ उपाध्यक्ष अर्जुन बस्नेत लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रमा स्वागत मन्तव्य नगर उपाध्यक्ष दिपक केसि तथा कार्यक्रम सञ्चालन सचिव टिका पराजुलीबाट भएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्