कांग्रेसद्वारा घोषणापत्र तयारी समितिमा सदस्य मनोनीत

<span class='c1'>कांग्रेसद्वारा घोषणापत्र तयारी</span> <span class='c2'>समितिमा सदस्य मनोनीत</span>

काठमाडौं । नेपाली कांग्रेसले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति–२०७९’लाई पूर्णता दिएको छ ।

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको समितिमा आज सदस्य मनोनीत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

समिति सदस्यमा पार्टीका सहमहामन्त्री फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, जीवन परियार तथा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, रङ्गमती शाही, प्रा डा गोविन्दराज पोख्रेल, सुशीला भट्ट मिश्र, नानु बाँस्तोला मनोनीत हुनुभएको छ ।

यसैगरी समिति सदस्यमा अनुराधा कोइराला, मनोहरनारायण श्रेष्ठ, किरण गिरी, डा विष्णु विभु घिमिरे, श्रवण मुकारूङ, डा स्वर्णीम वाग्ले, डा सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल, प्रमोदहरी गुरागाईं, डा अञ्जनी झा, ई अभिमन्युलाल सिं, डा ई. हरि दर्लामी मगर, अधिवक्ता डा रुद्र शर्मा, डा सञ्जय महतो थारु, भोजराज श्रेष्ठ, प्रताप पौडेल, डा बुद्धिमान श्रेष्ठ, शङ्कर तिवारी, डा कृष्ण पौडेल, दिपेश घिमिरे, प्रकाश लामिछाने, डा प्रीति मण्डल, मीन भाम, विनोद दास, सुमित खरेल र विकल राईसमेत मनोनीत हुनुभएको छ । समितिको सदस्य सचिवमा पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुली हुनुहुन्छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्