प्रदेश १ ट्राफिक कार्यालयलाई मोटरसाइकल हस्तान्तरण

<span class='c1'>प्रदेश १ ट्राफिक</span> <span class='c2'>कार्यालयलाई मोटरसाइकल हस्तान्तरण</span>

विराटनगर । प्रदेश नं १ मा सुरक्षा निकायका लागि खरिद गरिएका स्कटीङ मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

बुधवार आन्तरिक मामिला तथा कानून मन्क्रालयमा आयोजित कार्यत्रममा सुरक्षाकर्मीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले सडकको सुरक्षामा गम्भीर भएर काम गरिरहेको बताउँनुभयो ।

यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपराधलाई न्यूनीकरणका गर्नका लागि सुरक्षाकर्मीलाई मज्बुद बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री कार्कीले सुरक्षाकर्मीलाई श्रोत साधन जुटाउन प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै स साना कदमबाटै अपराध न्यूनीकरण हुँदै जाने बताउनुभयो ।

मन्त्री कार्कीले सडक अपराधलाई प्रविधिले निगरानी बढाउने भन्दै मुख्य राजमार्गमा सरकारले सिसी क्यामेरा जडान गरिरहेको बताउनुभयो ‘मेची, कोसी तथा रानी, धरान खण्डमा सिसी क्यामेरा जडानको अभियानमा छौँ, उहाँले भन्नुभयो प्रविधिमैत्री निगरानी भएमा अपराधी उम्कन पाउँदैन ।’

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट खरिद भएका ६ थान मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरिएको हो । मोटरसाइकल ग्रहण गर्दै प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख सुदीप गिरिले सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

ट्राफिक प्रहरीलाई यातायात व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्थामा प्रदेश सरकारको सहयोगले राहत पैदा भएको उहाँको भनाई छ । मोटरसाइकल वितरण अगाडि प्रदेशको सडक सुरक्षाका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्