विराटनगरमा टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा ग्राहकको घुइँचो

<span class='c1'>विराटनगरमा टिभिएसको ग्राण्ड एक्सेन्ज</span> <span class='c2'>मेलामा ग्राहकको घुइँचो</span>

विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा ग्राहकको घुइँचो लाग्न थालेको छ ।

टिभिएसको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमको आयोजनामा मंगलबारबाट सुरु भएको मेलामा विभिन्न योजनाहरू लागु गरिएको छ ।

मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर साट्न सकिने छ । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन ७ हजार थप गरिने म्यानेजर सन्तोष साहले जानकारी दिए ।

यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्युनतम २० प्रतिशत डाउनपेमेन्ट गर्न सकिने र न्युनतम मासिक ४ हजार २७७ बुझाउन सकिने छ । साथै नयाँ बाइक तथा स्कुटरको खरिदमा हेलमेट, रेनकोट र बाइक कभर फ्रिमा उपलब्ध गराउने उनले बताए ।

टिभिएको ग्राण्ड एक्सेन्जमा गोलाप्रथामा हरेक दिन एक जनाले एउटा मोबाइल उपहार पाउने साहले जानकारी दिए । पहिलो दिनको गोला प्रथामा विराटनगरकि इन्दिरा कार्कीले रियल मि सि ३० मोबाइल जितेकी छिन् । अहिलेसम्म २ सय भन्दा बढी ग्राहकले मेलाको अवलोकन गरिसकेका छन् ।

मंगलबारबाट सुरु भएको मेला असोज १० गतेसम्म संचालन हुने साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्