निर्वाचन आयोगबाट रकमान्तरको विवरण माग

<span class='c1'>निर्वाचन आयोगबाट रकमान्तरको</span> <span class='c2'>विवरण माग</span>

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएपछि चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट बाहिरबाट रकमान्तर गरिएको विवरण अर्थमन्त्रालयसँग माग गरेको छ ।

आर्थिक वर्ष २०७९-८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुनेगरी अर्थ मन्त्रालयबाट कुनकुन मन्त्रालय र निकायका योजना तथा कार्यक्रममा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएका विषयमा विवरण माग गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले उक्त विषयमा २४ घन्टाभित्र अर्थ सचिवबाट विवरण पेस गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । सरकारले गत साउन १९ गते आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने घोषणा गरेको थियो ।

सङ्घीय संसद्बाट आर्थिक वर्ष २०७९÷८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2