विराटनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेश आचार्यले संविधान निर्माण भएको लामोसमयसम्म पनि जनहितका कतिपय कानून निर्माण नहुनु दुःखद् हो भन्नुभएको छ । प्रदेश नं १ प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलद्वारा प्रकाशित स्मारिका २०७९ को आज यहाँ लोकार्पण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेता आचार्यले सार्वभौम अधिकारको स्थलकारुपमा रहेको संसद्बाट पारित कानून राष्ट्रपतिले प्रमाणीकरण नगर्ने असिमित अधिकार नभएको भन्दै सङ्घीयताको मर्म र ध्येयलाई सबैले पालना गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले प्रकाशित स्मारिकाले आउने प्रदेशसभालाई मार्गदर्शन हुने भन्दै प्रदेशको नामकरण नहुनु पहिलो प्रदेशसभाको भुल हो भत्रुभयो । सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीले कांग्रेसले लगभग चार वर्ष प्रदेशसभामा प्रतिपक्षको भूमिका निर्वाह गरेको भन्दै प्रकाशित स्मारिकाले कांग्रेसले प्रदेशसभामा खेलेको भूमिकाका बारेमा चित्रण गरिएको छ भत्रुभयो ।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले परिवर्तनलाई आत्मसात नगर्ने परिपाटीले देशमा केही समस्या आएको बताउनुभयो । उहाँले प्रदेशको नामकरण गर्नमा कुनै समस्या नरहेको तथा सरकारले यो प्रस्ताव सदनमा प्रस्ताव गर्न नसकेकोमा चिन्ता व्यक्त्त गर्नुभयो ।
उहाँले प्रकाशित स्मारिकाले नेपाली कांग्रेसले सदनमा खेलेको भूमिका निकै रचनात्मक र सिर्जनात्मक रहेकाले आउने सभाले यसलाई पछ्याउने विश्वास व्यक्त्त गर्नुभयो । कार्यक्रममा सार्वजनिक लेखा समितिका सभापति शिवनारयण गनगाईं, नेपाली कांग्रेस सुनसरीका सभापति एवम् इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईं, प्रदेश समितिका महामन्त्री उमेश थापाले पनि प्रदेशसभामा कांग्रेसले निर्वाह गरेको जिम्मेवारीका विषयमा बोल्नुभएको थियो ।
मनोज दाहाल/रासस