विराटनगर । आधारभुत पत्रकारीता गरिसकेका मोरङका सञ्चारकर्मी तथा प्रशिक्षार्थी पत्रकारहरुलाई समाचार – फिचर लेखन सम्बन्धी ४ दिने पत्रकारीता तालिम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ मोरग शाखाको सहकार्यमा विराटनगरमा ४ दिने एडभान्स फिचर लेखन सम्बन्धी तालिम सम्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाको सभा हलमा आयोजित ४ दिने तालिममा पुर्वी मोरङ र विराटनगरका गरी ३० जना सञ्चारकर्मी तालिममा सहभागी भएको पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष संजिव खनालले जानकारी दिए ।
४ दिने समाचार – फिचर लेख्नसम्बन्धी तालिमलाई वरिष्ठ सञ्चारकर्मी तथा नेपाल पत्रकार महासघका पुर्व अध्यक्ष डाक्टर सुरेश आचार्य र पत्रकार महासंघका कार्यक्रम सयोजक राम दाहालले असोज ४–७ गतेसम्म प्रशिक्षण दिएका थिए ।
महासंघले यस अघि आधारभुत तालिम दिई सकेका प्रशिक्षार्थी पत्रकारलाई तालिम प्रदान गरेको हो ।