पर्सामा तीन लाख ४५ हजार मतदाता कायम

<span class='c1'>पर्सामा तीन लाख ४५</span> <span class='c2'>हजार मतदाता कायम</span>

वीरगञ्ज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्सा जिल्लाबाट तीन लाख ४५ हजार ९२८जना मतदाताले माभ लिने भएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पुरुष मतदातातर्फ एक लाख ९४ हजार नौ सय चार, महिलातर्फ एक लाख ५१ हजार आठ र तेस्रोलिङ्गीतर्फ १६ जना मतदाता कायम भएका हुन् ।

चार सङ्घीय निर्वाचन क्षेत्र, आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा कुल मतदानस्थल एक सय ६७ र मतदान केन्द्र चार सय १२ वटा कायम भएको निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ४४ हजार ९९, महिलातर्फ ३३ हजार पाँच सय ७८ र तेस्रोलिङ्गी दुई गरी ७७ हजार आठ सय ७९ मतदाता छन् । यो क्षेत्रमा ३४ वटा मतदानस्थल र ८८ मतदान केन्द्र छन् ।

यसैगरी क्षेत्र नं २ मा पुरुषतर्फ ४९ हजार ७५, महिलातर्फ ३७ हजार आठ सय ८७ र तेस्रोलिङ्गी चार गरी ८६ हजार नौ सय ६६ मतदाता छन् । यो क्षेत्रमा ३८ मतदानस्थल र एक सय तीन मतदान केन्द्र रहेको सो कार्यालयले जनाएको छ ।

यसैगरी क्षेत्र नं ३ मा पुरुषतर्फ ५१ हजार तीन सय ६६, महिलातर्फ ३९ हजार ६२ र तेस्रोलिङ्गी चार गरी ९० हजार चार सय ३२ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ४७ मतदानस्थल र एक सय नौ मतदान केन्द्र छन् । क्षेत्र नं ४ मा पुरुषतर्फ ५० हजार तीन सय ६४, महिला ४० हजार चार सय ८१ र तेस्रोलिङ्गी छ गरी ९० हजार आठ सय ५१ मतदाता रहेको र ४८ मतदानस्थल र एक सय १२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ । जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ४ मा ९० हजार आठ सय ५१ छन् ।

यसैगरी आठवटा क्षेत्र रहेको प्रदेशसभामा क्षेत्र नं १ को (क)मा पुरुष २२ हजार पाँच सय ६१, महिला १६ हजार चार सय ५५ गरी ३९ हजार १६ मतदाता छन् भने २२ वटा मतदानस्थल र ४५ मतदान केन्द्र छन् । क्षेत्र नं १ (ख) मा पुरुष २१ हजार पाँच सय ३८, महिला १७ हजार एक सय २३, तेस्रोलिङ्गी दुई गरी कुल ३८ हजार छ सय ६३ मतदाता छन् भने १२ वटा मतदानस्थल र ४३ मतदान केन्द्र रहेको जनाइएको छ ।

क्षेत्र नं २ (क) मा पुरुष २४ हजार त सय ३१, महिला १९ हजार दुई सय ११, तेस्रोलिङ्गी दुई गरी कुल ४३ हजार आठ सय ४४ मतदाता रहेको र २१ मतदानस्थल तथा ५२ मतदान केन्द्र छन् । क्षेत्र नं २ (ख) मा पुरुष २४ हजार चार सय ४४, महिला १८ हजार छ सय ७६, तेस्रोलिङ्गी दुई गरी ४३ हजार एक सय २२ मतदाता रहेको र १७ वटा मतदानस्थल र ५१ मतदान केन्द्र छन् ।

क्षेत्र नं ३ (क)मा पुरुष २४ हजार नौ सय ३०, महिला १९ हजार चार सय ६२, तेस्रोलिङ्गी एक गरी ४४ हजार तीन सय ९३ मतदाता छन् भने २२ मतदानस्थल र ५१ मतदान केन्द्र छन् । क्षेत्र नं ३ (ख)मा पुरुष २६ हजार चार सय ३६, महिला १९ हजार छ सय, तेस्रोलिङ्गी तीन गरी ४६ हजार ३९ मतदाता, २५ मतदानस्थल र ५८ मतदान केन्द्र छन् ।

क्षेत्र नं ४ (क)मा पुरुष २३ हजार नौ सय दुई, महिला २० हजार दुई सय ७२ र तेस्रोलिङ्गी तीन गरी ४४ हजार एक सय ७७ मतदाता, २५ मतदानस्थल र ५५ मतदान केन्द्र छन् । क्षेत्र नं ४ (ख)मा पुरुष २६ हजार चार सय ६२, महिला २० हजार दुई सय नौ, तेस्रोलिङ्गी तीन गरी ४६ हजार छ सय ७४ मतदाता, २३ मतदानस्थल र ५७ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्