काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ : पर्यटनमन्त्री

<span class='c1'>काठमाडौँका सम्पदाको संरक्षण र</span> <span class='c2'>प्रवद्र्धन गरिनुपर्छ : पर्यटनमन्त्री</span>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताउनुभएको छ ।

हनुमानढोकादेखि स्वयम्भू विश्वसम्पदा क्षेत्रको सम्पदा पदमार्ग पुनःस्थापना कार्यक्रमअन्तर्गत विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं ‘हनुमानढोका डोरवे टु नेपाल्स हिस्ट्री कल्चर’नामक पुस्तक विमोचन कार्यक्रममा उहाँले विकासका नाममा काठमाडौँका सांस्कृतिक संरचना भत्काउन नहुने धारणा राख्नुभयो ।

पर्यटनमन्त्री श्रेष्ठले भन्नुभयो, “काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्वपूर्ण रहेको छ । बाटो साँघुरो छ भनेर सरहका पुराना घर भत्काइनु हुन्न । पहिलेका भौतिक संरचनाको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहन्छ, त्यसैले काठमाडौँलाई पर्यटकीय नगरी बनाउनुपर्छ ।”

उहाँले पर्यटन क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले पर्यटन दशक घोषणा गरेको जानकारी दिँदै पर्यटनबाट देशको अर्थतन्त्रलाई बलियो बनाएर बढीभन्दा बढी रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

समाजले आधुनिकताका नाममा पुराना संस्कृतिलाई भुल्दै जान थालेकामा चिन्ता व्यक्त गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयले पुरानै शैलीमा संरचनाको स्थापना गर्ने योजना बनाएको बताउनुभयो ।

हनुमान ढोकादेखि स्वयम्भूसम्म दुई दशमलव दुई किलोमिटरको सम्पदा मार्ग निर्माण गर्न लागिएको हो । पर्यटकलाई शान्तिपूर्णरुपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदा मार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त सम्पदा मार्गमा सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिनेछ । पुरातत्व विभागले सम्पदा निर्माण गर्नेछ भने मन्दिर निर्माणलगायत संरचना सहरी विकास मन्त्रालयले काम अघि बढाउनेछ । सम्पदामार्गको विद्युतीय तारको भूमिगत व्यवस्थापन प्राधिकरणले गर्नेछ । सम्पदामार्गमा पर्ने पुल निर्माण पर्यटन विभागले बनाउने जनाइएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्