सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

<span class='c1'>सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा</span> <span class='c2'>१ जनाको मृत्यु</span>

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ मा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान साँढे १० बजे चतराबाट कान्छीचोक तर्फ आउँदै गरेको प्रदेश नं १-०२-०४४ प १६०८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकमा पल्टिएर दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधूनी नगरपालिका-६ का ४१ बर्षीय सुमन रेग्मी र सोही मोटरसाईकल पछाडी सवार ६० बर्षीय राम प्रसाद रेग्मीलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर लैजाने क्रममा ६० बर्षीय राम प्रसाद रेग्मीको बाटैमा मृत्यु भएको ईलाका प्रहरी पकलीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्