“हाम्रो लक्ष्य उपाधि जित्ने हो” – महिला बास्केटबल टोली

“हाम्रो लक्ष्य उपाधि जित्ने हो” – महिला बास्केटबल टोली

सरोज लम्साल
काठमाडौं चैत १४ ।
नेपाल बास्केटबल संघको आयोजनामा एनटीसी (नेपाल टेलिकम) प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिप मार्च २९ देखि अप्रिल २ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आयोजक संघका अध्यक्ष लामा टेन्डी शेर्पाले जानकारी गराए । प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका गरी ५ राष्ट्र सहभागी हुने छन् । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । प्रतियोगितामा जम्मा १० खेल खेलाइने छ ।
दक्षिण एसियाली महिला बास्केटबल नेपालमै पहिलो पटक हुन लागेको हो । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
टिम प्रशिक्षक विकास शाहीले तयारी राम्रो भएकाले लक्ष्य उपाधि नै भएको बताउदै सहभागी मध्ये श्रीलंका बलियो टिम भएको बताए ।
‘हामीले १२ औं सागका लागि तयारी गरिहेका थियौं । सागमा खेल्न नपाउदा खेलाडी दुखी थिए । अब नेपालमै प्रतियोगिता हुने भएपछि खेलाडी खुशी र उत्साहित छन् ।’ शाहीले भने– ‘खेलाडीले भारत र थाइल्यान्डमा पनि सागको तयारीका लागि प्रशिक्षण लिएका थिए । हामी तयारी अवस्थामा छौं । हाम्रो लक्ष्य उपाधि नै हो ।’
कप्तान सदिना श्रेष्ठले तयारी राम्रो भएकाले टिम बलियो भएको बताउदै लक्ष्य उपाधि नै भएको बताइन् । प्रतियोगिता सञ्चालन गर्न ७२ लाख ९८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्