काठमाडौँ । सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा आइतबार बिहान कलङ्कीस्थित निवासमा निधन भएको छ ।
तबला र हार्मोनियम वादक गुरुङले नेपालमा शास्त्रीय सङ्गीतको विकासमा ठूलो योगदान पु¥याउनुभएको छ । उहाँले रेडियो नेपालमा शास्त्रीय सङ्गीतमा लामो समयसम्म सेवा गर्नुभएको थियो ।
नेपालमा उस्ताद गणेशलाल श्रेष्ठ र भारतमा अमिर हुसेन खाँसँग तबला वादनको शिक्षा लिनुभएका गुरुङले विभिन्न भजन र आधुनिक गीतमा समेत सङ्गीत दिनुभएको उहाँका शिष्य मनराज नकर्मीले राससलाई जानकारी दिनुभयो ।
स्वर्गीय गुरुङका दुई छोरी र एक छोरा हुनुहुन्छ । रासस